नियम
विधानमा खुलाउनु पर्ने विवरणहरू
नियम ४ बमोजिम पेश गर्नुपर्ने उपभोक्ता संस्थाको विधानमा संस्था सम्बन्धी देहायका विवरणहरू खुलाउनु पर्नेछ ः–
(क) पूरा नाम र ठेगाना,
(ख) उद्देश्य तथा कार्य क्षेत्र,
(ग) सदस्यको लागि योग्यता र सदस्यता शुल्क,
(घ) सदस्यको निष्काशन र राजीनामा,
(ङ) हक दावी, नामासारी वा हकवालाको मनोनयन,
(च) साधारण सभा सम्बन्धी,
(छ) सञ्चालक समितिको गठन (निर्वाचन एवं काम, कर्तव्य तथा अधिकार सम्बन्धी),
(ज) सञ्चालक पदमा वहाल रहन नसक्ने अवस्था,
(झ) सञ्चालक समितिको बैठक सम्बन्धी कार्यविधि,
(ञ) कोष र लेखापरीक्षण,
(ट) विधान संशोधन,
(ठ) विघटन,
(ड) विविध ।